मुस्ताङ, २८ साउन । छुसाङ–कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले २८ करोड ८७ लाख रूपैयाँमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो । विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो ।
आयोजनाले जोमसोम–कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको कालोपत्र पुरा गर्न टेण्डर आह्वान गरी सकेको छ । उक्त खण्डको लागद दुई अर्ब रूपैयाँ रहेको छ ।