रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

6
  • लिलाराज बुढा

रोल्पा, २८ साउन । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । थबाङ–५ बोटलबारामा गएरातिको पहिराले घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिब २१ कोशको दुरीमा पर्दछ ।

पहिरोमा परेका छ घरमा १० जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा गएराति नै प्रहरी टोली परिचालित भएका थिए । आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताउनुभयो । –रासस

Share This:
सम्बन्धित खबर
Loading...