अविरल वर्षाले जुम्लाको सिन्जामा कृषिबाली र संरचनामा क्षति

11

जुम्ला, २४ असार । जुम्लाको सिन्जा गाउँपालिका–३ अन्तर्गत धितालिही रोकायाबाडामा गएरातिको अविरल वर्षाका कारण कृषकहरूले लगाएको अन्न, धान, कोदो, सिमीलगायतका कृषिबालीमा क्षति पुगेको छ ।

वर्षाले स्थानीयका भौतिक संरचनामा समेत ठुलो क्षति पुर्‍याएको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

स्थानीयले सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहतका लागि पहल गर्न आग्रह गरेका छन् ।

तस्बिर : दानबहादुर बुढा/जुम्ला सिन्जा

Share This:
सम्बन्धित खबर
Loading...