काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक सञ्जयकुमार पक्राउ परेका छन् ।
अभियुक्त एक जना बेरोजगारबाट नौ लाख ८० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । निजविरुद्ध पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१६ बाट गत बुधबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।