पूर्वराजदूत एवम् वरिष्ठ पत्रकार कोइरालाको निधन

9

काठमाडौँ, १८ चैत । वरिष्ठ पत्रकार एवम् पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।

केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि केएमसी भर्ना गरिएको थियो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए ।

कोइराला परिवारका एक मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरेका थिए ।

पूर्वसांसदसमेत रहेका दिवंगत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा श्रद्धाञ्जली दिइ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...