प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

33

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्राले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्रासँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

दुई पक्षीय भेटवार्तामा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबिचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ सहमतिपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यो भ्रमणबाट दुई देशबिचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...