भाटभटेनीको तोडफोडमा प्रतिकार गर्ने सुरक्षाकर्मी ५ लाख नगदसहित सम्मानित

31

काठमाडौँ, २० चैत । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड हुदाँ प्रतिकार गर्ने सुरक्षाकर्मी दुलप्रसाद पराजुली सम्मानित हुनुभएको छ ।

बुधबार भाटभटेनीले एक कार्यक्रमका बीच उहाँलाई चैत १५ गतेको घटनामा देखाएको बहादुरीको कदर गर्दै सम्मान गरेको हो । उहाँको योगदानका लागि भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको छ । उहाँसँगै घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका अन्य कर्मचारीहरूलाई पनि सम्मानित भएका छन् ।

सोही क्रममा पराजुलीले चैत्र १५ प्र्रदर्शनकारीहरु आएर फलफूल, बियर, वाइनहरु सबै बोकेर हिन्न थाले त्यसपछि सबैजना मिलेर उनीहरुलाई रोक्न भनेर गएको भन्दै प्रतिकार गर्दै गर्दा आफूलाई डर नलागेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चैत्र १५ गतेको कुरामा आतंककारी आए, ढुंगामुढा गर्न थाले, त्यसपछि भित्र पसेर फलफूल, बियर, वाइनहरु सबै बोकेर हिन्न थाले त्यसपछि भएन भनेर सबै जना साथिहरु मिलेर उनीहरुलाई रोक्न थाल्यौं, अरु साथीले भित्रबाट लखेट्ने गरेका थिए भने मैले बाहिर बसेर हानेको थिए । मलाई डर भने लागेन ।’

यस्तै, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीको तर्फबाट चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजतको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजतको परिवारलाई ५ लाख रुपैयाँ भाटभटेनीको तर्फबाट सहयोग गर्ने छौँ र अर्को सविन महर्जनको परिवारलाई पनि ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दछु ।’

उहाँले एउटा व्यवसायी र नेपालीको हैसियतले अब नेपालमा राजा आउन सम्भव नभएको भन्दै उद्घोष पनि गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘हामीलाई राजा गयो अब फेरि आउँछ भन्ने छ अब आउँदैन । राजा आउँदैन मैले उद्घोष गरे, म एउटा व्यवसायी र एउटा नेपाली भएर भन्दै छु राजा आउँदैन । भाटभटेनीमा ढुङ्गा हान्ने काम गर्नु हुँदैन । नेपाल सरकारलाई के भन्न चाहान्छु भने कुनै एउटा डनले थर्काउदा थर्किनु पर्ने त्रासको वातावरणबाट हामीलाई मुक्त गर्नु ।’

Share This:
सम्बन्धित खबर
Loading...