नेपाल शिक्षक महासंघको पुनः आन्दोलन सुरू

33

काठमाडौँ, २० चैत । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरूले पुनः आन्दोलन सुरू गरेका छन् ।

बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरु माइतीघर मण्डलामा भेला भइ बिजुलीबजारसम्म दबाबमूलक र्‍याली निकालेका हुन् ।

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले आवधिक बढुवा हुनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, निजामतिसरहको सेवा सुविधा दिइनुपर्ने, संवैधानिक शिक्षा आयोग व्यवस्था गरिनुपर्ने जस्ता माग राखेर काठमाडौँ जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरू गरेका हुन् ।

२०२८ को पञ्चायत कालकै ऐनमा शासित हुनुपरेको भन्दै नयाँ युग अनुसारको कानुन चाहिएको महासंघको भनाइ छ ।

भोलिदेखि हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघरदेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको कार्यक्रम रहेको महासंघले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...