एमबाप्पेको गोलमा रियल मड्रिडको जित

11

काठमाडौँ, ३ चैत । स्पेनिस ला लिगामा रियल मड्रिडले भिल्ला रियललाई पराजित गरेको छ । शनिबार भएको खेलमा फ्रान्सेली स्टार स्ट्राइकर किलियन एमबाप्पेको २ गोलमा भिल्ला रियललाई २–१ ले पराजित गरेको हो ।

भिल्लाको घरेलु मैदानमा रियलको जितमा दुवै गोल एमबाप्पेले गरे । भिल्लाका लागि जुआन फोयथले गोल गरे ।

खेलमा अग्रता भने भिल्लाले लिएको थियो । खेलको सातौँ मिनेटमा नै फोयथले गोल गर्दै टोलीलाई अग्रता दिए । तर, त्यसको १० मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२३औँ मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै रियललाई अघि बढाए । जितसँगै रियल २८ खेलमा ६० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

२ खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ दोस्रो स्थानमा छ । भिल्ला भने २७ खेलमा ४४ अंकका साथ पाँचौँ स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...