फाइनल खेलका लागि पूर्णरुपमा तयार छौँ : प्रशिक्षक तामाङ

32

काठमाडौँ, १३ फागुन । इन्टरनेसनल वुमेन्स च्याम्पियिनसिपको फाइनल खेल भोलि (बुधबार) हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजेदेखि सुरु हुने खेलमा उपाधिका लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुने छ ।

फाइनल खेलअघि मंगलबार भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानारको खेल हेरेर अध्ययन गर्ने मौका पाएको हुनाले सजिलो भएको भन्दै अब फाइनलको तयारी भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई दुईवटा खेल जितेर फाइनल पुग्नु थियो, त्यसपछि म्यानारका लागि हामीले एउटा छुट्टै खालको संरचना बनाएका थियौँ । उनीहरुको खेल हेरेर हामीले अध्ययन गर्ने मौका पायौँ उनीहरुको बलियो पक्ष कहाँ छ र कमजोर पक्ष कहाँ छ भनेर त्यसले गर्दा पनि सजिलो भयो । अब फाइनलको तयारी हुँदै छ ।’

यसका साथै, नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले आजसम्म सिल्भरमा नै रहेको भन्दै भोलिको खेल गोल्ड मेडलका लागि खेल्ने बताउनुभयो ।

यस्तै, भोलि जसले बढी फिल्डमा मेहेनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने भन्दै फाइनलका लागि तयार रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जसलाई खेलाए पनि खेल्न सक्ने खालको खेलाडीहरु हुनुहुन्छ । भोलि फाइनल छ, फाइनलका लागि नै लड्ने हो आजसम्म हामी सिल्भरमा नै छौँ । भोलिको खेल गोल्ड मेडलको लागि खेल्ने छौँ । भोलि जसले बढी फिल्डमा मेहनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने हो हामी फाइनलको लागि तयार नै छौँ । हामी आफ्नोतर्फबाट सय प्रतिशत दिने छौँ।’

यसअघि नेपाल र म्यानमारबीच भएको लिग चरण अन्तर्गतको अन्तिम खेल २–२ को बराबरीमा सम्पन्न भएको थियो । चार देश सम्मिलित रहेको उक्त प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित, लेबनान, कीर्गिस्तान र म्यानमारले सहभागिता जनाएका हुन् ।

फिफा वरीयातमा म्यानमार ५५औँ स्थानमा रहेको छ । नेपाल १०३औँ स्थानमा रहेको छ । गत फागुन ५ गतेदेखि सुरु भएको प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई आमन्त्रण गरेर आयोजना गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...