लक्ष्य अनुरुप काम गर्ने सबै निकायको सहभागिता कति भन्ने प्रश्न महत्त्वपूर्ण हो : अध्यक्ष दाहाल

18

काठमाडौँ, २ माघ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासका २०३० सम्मका लक्ष्यहरु महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

बुधबार विकास आर्थिक मामिला समितिको बैठकमा बोल्नुहुँदै उहाँले दिगो विकासका लक्ष्यहरु महत्त्वपूर्ण भए पनि लक्ष्य अनुरुप काम गर्ने सबै निकायको सहभागिता कति भन्ने प्रश्न महत्त्वपूर्ण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दिगो विकासको निम्ति समबन्धित निकायलाई ल्याउनका लागि हामी बढी नै तल्लिन छौँ । हामीले समग्र विषयलाई हेर्दा दिगो विकासको २०३० सम्मका हाम्रा लक्ष्यहरु कुराहरु जुन महत्त्वपूर्ण नै छन् । लक्ष्य राख्नु एउटा कुरा हो, हामी यो पूरा गर्छौँ भन्ने प्रतिवद्धता जाहेर गर्ने अर्को कुरा हो, तर त्यो अनुरुप त्यो लक्ष्य प्राप्ति गर्ने सम्वद्ध सबै निकायहरुको तदारुकता र त्यो भित्रको एकतो कति भन्ने प्रश्न मुख्य कुरा हो ।’

साथै उनले लक्ष्य प्राप्ति गर्दा बनाइने योजनाहरु राम्रोसँग हेर्नुपर्ने बताउनुभयो । उहाँले एउटै योजना दुई/तीन मन्त्रालयबाट परिरहेको अवस्था भएकाले हेरफेर गर्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...