मौसमको पूर्वानुमान हुँदाहुँदै पनि सरकारले काम गर्न सकेन : प्रचण्ड

38

काठमाडौँ, १५ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गर्नुभएको छ ।

प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको काठमाडौँ बल्खुको सुकुमबासी बस्तीमा उद्घाटन गर्दै यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपत् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनःस्थापनामा जुट्न पनि आग्रह गर्नुभयो ।

२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उहाँले यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बल्खुको जागरण टोलमा ४१७ घरका झण्डै चार बढी नागरिक प्रभावित भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...