थारु समुदायमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको छ : मन्त्री चौधरी

35

काठमाडौँ, ९ असोज । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारु समुदायमा दिन प्रतिदिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित आदिवासी थारुको राष्ट्रिय पर्व जितिया महोत्सव २०८१ लाई सम्बोधन गर्दै उहाँले थारु समुदायमा दिन प्रतिदिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको भन्दै आफ्नो छोराछोरीलाई लगाम लगाउन सम्पूर्ण अविभावकहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्नो छोराछोरीलाई चोट पटक नलागोस् भनेर मात्र होइन । शिक्षा पनि राम्रो होस् भनेर बस्नुहोला । थारु समाजमा दिन प्रतिदिन शिक्षा, स्वास्थ्यको अवस्था कमजोर रहेको महसुस भइरहेको छ । सानोमा एकदमै राम्रो पढेको हुन्छ तर जति ठुलो हुन्छ, त्यति विद्यार्थीहरु कमजोर हुँदै जान्छ । त्यसैले म आग्रह गर्न चाहन्छु । तपाईंको छोराछोरीलाई लगाम लगाइदिनु होला ।’

उहाँले वर्तमान सरकारले सहकारी पीडितहरुको समस्या चाँडै सम्बोधन गर्ने भन्दै जनताको हितका लागि सरकार अग्रसर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म सरकारको मन्त्री भएको नाताले सबैभन्दा पहिले सुशासन कायम गर्ने कुरामा मेरो अहम् भूमिका छ । सहकारी पीडितहरुको समस्या पनि सरकारले चाँडै सम्बोधन गर्छ । जनताको हितका लागि सरकार सधैँ अग्रसर छ ।’

उहाँले जितिया पर्वलाई देशमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा भव्य रुपमा मनाउनु पर्ने धारणा राख्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...