काठमाडौँ, ९ असोज । नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । बुधबार सिंहदरबारमा उनीहरुले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।
निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री सिंहले निर्माण व्यवसायीहरुले धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गर्नुपरेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीमा देखिएका समस्या चाँडोभन्दा चाँडो सरकारले समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायीमा काम गर्दैगर्दा खेरी धेरै अप्ठ्याराहरु रहेका छन् । समग्र रुपमा नै निर्माण व्यवसायीहरुको काम गर्दाखेरीको चुनौतीहरु जुन सामना गरिरहनुभएको छ । योे निर्माण व्यवसायीहरुको मुख्य समस्या जुनमा छ त्यो सरकारले चाँडोभन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ ।’
साथै उहाँले राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताउनुभयो । उहाँले काम गर्नका लागि सहजता हुने गरी सरकारले ऐनहरुमा र नीतिगत रुपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने बताउनुभयो ।