सहरको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

45

काठमाडौँ, ६ असोज । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ ।

आइतबार मन्त्री सिंहले मन्त्रालयमै नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको हो ।

प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री सिंहले सहरी क्षेत्रमा देखापरेका समस्यालाई नीति नियम बनाएर समधान गरिने बताउनुभयो । उहाँले सहरलाई व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि नीति नियम बनाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘टाउन डेभलपमेन्ट सहरलाई विकास गर्ने क्रममा देखा परेका समस्याहरुलाई पहिचान गरेर नीति नियम बनाएर ऐनमा लानका लागि प्रयास भइरहेका छन् । ग्रोथको इन्जिन भनेको सहरमै हो त्यसैले सहरलाई अलि व्यवस्थापन गर्दै लग्नुपर्छ । सहरलाई व्यवस्थित गर्दै गरे अर्पाटमेन्टदेखि विभिन्न क्षेत्रमा देखा परेका कमी कमजोरीहरुलाई खोजेर समाधान गर्नुपर्छ ।’

यस्तै, उहाँले सहरी क्षेत्रमा देखिएका कमी कमजोरीहरुलाई पत्ता लगाएर विधि प्रक्रिया अनुसार ऐन बनाउनुपर्ने बताउनुभयो । उहाँले सहरको विकास गर्ने क्रममा राज्यलाई मात्र नभएर निजी क्षेत्रहरुलाई पनि समावेश गर्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...