विधायन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

22

काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एमाले)की तुलसा कुमारी दाहाल निर्वाचित हुनुभएको छ ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णायक बनेको जनता समाजवादी पार्टीले समेत एमालेलाई समर्थन गरेपछि दाहाल निर्वाचित हुनुभयो ।

निर्वाचित भएपछि पत्रकाहरुसँग कुरा गर्दै दाहालले क्षमताअनुसार लगनशील भएर समिति सभापतिको भूमिका निर्वा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन समितिको नियमित प्रक्रिया हो । प्रत्येक दुई दुई वर्षको अवधिमा समितिहरुको निर्वाचन हुने गर्दछ । म आफैँ पनि विधायन समितिमा लामो समयदेखि काम गरिरहेकी छु । अहिले समितिमा तीनवटा विधेयकहरु छन् । ती विधेयकहरुमा हामी छलफल गर्छौँ । अन्य विधेयकहरु सरकारले पठाएपछि नियमित रुपमा छलफल गर्छौँ । म आफ्नो क्षमताले भ्याएअनुसार लगनशील भएर समिति सभापतिको भूमिका निर्वाह गर्छु ।’

समितिका कुल १५ मत रहेकोमा एमालेकी दाहालले ८ र नेकपा एकीकृत समाजवादीकी जयन्तीदेवि राईले ७ मत प्राप्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...