सहकारीको पैसा कांग्रेस र एमालेले पनि अपचलन गरेको छ : सांसद सिंह

41

काठमाडौँ, ३० भदौ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सहकारीमा १ खर्बभन्दा बढी पैसा अपचलन भएको बताउनुभएको छ ।

आइतबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद सिंहले सहकारीको पैसा रास्वपाले मात्र नभएर कांग्रेस र एमालेले पनि अपचलन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारीको नेपाली जनताको कर पसिनाको पैसा जुन १ खर्बभन्दा बढी पैसा अपचलन भएको छ । त्यो अपचलन कुनै एउटा रास्वपाले मात्र होइन, वास्तवमा सहकारीका लागि न्यायिक छानबिन समिति यसको लागि उपयुक्त होइन, किनकी ३० वर्षदेखि यो देशमा शासन कांग्रेस र एमालेले गरिरहेको छ । त्यसैले यो सहकारीको पैसा एमाले, कांग्रेसले अपचलन गरेको हो । रविको मुख बन्द गराउनका लागि नयाँ सरकारमा समावेश गरेको हो । तर, यसमा सर्वोच्च अदालतले न्यायिक छानबिन गर्न आवश्यक छ ।’

साथै उहाँले सहकारीका दोषीहरुलाई कारबाही गरिनुपर्ने बताउनुभयो । उहाँले सहकारीको पैसा अपचलन गरेकाहरुबाट पैसा असुल गरेर सहकारी पीडितहरुलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...