नीति नियम र कानुनहरुलाई समयसापेक्षित बनाउन आवश्यक : मन्त्री पाण्डे

20

काठमाडौँ, २३ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा विगतको अध्ययन, अनुसन्धान र जाँचबुझभन्दा सत्य तथ्यको नजिक पुग्ने गरी अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

आइतबार भक्तपुरमा आयोजित सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरुको ४५औँ दिनको श्रद्धाञ्जली सभा’ एवंम् नेपालमा हवाई सुरक्षा’ बहस कार्यक्रममा उहाँले दुर्घटनासम्बन्धी प्रारिम्भक प्रतिवेदन मन्त्रालयले प्राप्त गरिसकेको जानकारी गराउँदै निष्कर्षमा पुगेर कार्यान्वयन गर्ने दिशामा मन बचन र कर्मले प्रतिवद्धताकासाथ अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सौर्य एयरलाइन्स दुर्घटनाको बारेमा सकेसम्म विगतको अध्ययन अनुसन्धान र जाँचबुझहरुभन्दा सत्यतथ्यको नजिक पुगौँ र त्यो सत्थतथ्यको आधारमा हामी एउटा निष्कर्षमा पुगेर त्यसलाई कार्यान्वयन गर्ने दिशामा निष्ठापूर्वक लागौँ भन्ने हिसाबले मन बचन र कर्मले हामी प्रतिवद्धताकासाथ अगाडि बढेकाछौँ । प्रारिम्भक प्रतिवेदन मन्त्रालयले प्राप्त गरिसकेको छ । यसको अन्तिम प्रतिवेदन आउन अझै केही समय लाग्ने छ ।’

उहाँले नेपालमा कानुनहरु बनाउनुपर्ने काम निर्वाह गर्नुपर्ने सन्दर्भमा पहिलो कुरा त नीति बनाउने कुरामा नै चुकेको बताउनुभयो । समयसापेक्ष नीतिहरु नभएको भन्दै नीति नियम र कानुनहरु बनाउने कुरामा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो नेपालमा कानुनहरु बनाउनुपर्ने जुन काम हामीले निर्वाह गर्नुपर्ने हुन्छ । पहिलो कुरा त नीति बनाउने कुरामा नै हामी चुक्छौँ । हामीले समयसापेक्ष नीतिहरु बदलिरहेका हुँदैनौँ । त्यसैले नीतिहरु बनाउने कुरामा कानुनहरु बनाउने कुरामा पनि हामीले ध्यान दिन जरुरी रहेका छ ।’

Share This:
सम्बन्धित खबर
Loading...