भुइँमान्छे मन्त्री भएको छु, जनआवाजको सम्बोधन गर्छु : मन्त्री राई

82

काठमाडौँ, २२ भदौ । रक्षामन्त्री मानवीर राईले पार्टीका सिद्धान्तहरु पालना नगर्दा असन्तुष्टिका जनआवाजहरु आउन थालेको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले नयाँ पुरानो सबै पार्टीको उद्देश्य र सिद्धान्तहरु राम्रो भएको भन्दै त्यसको पालनामा अभावको कारण समस्या आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ पुरानो सबै पार्टीको शपथ, उद्देश्य र सिद्धान्तहरु राम्रो छन् । तर, त्यसलाई पालना नगर्दा कता कता अल्मलिएर असन्तुष्टिका जनआवाजहरु आउन थालेका छन् । यसमा ध्यान दिनुपर्छ । म जस्तो भुइँमान्छेले मन्त्रालय सम्हाल्दा थप जिम्मेवारीको बोध पनि छ ।’

यस्तै, उहाँले धेरै ठुलो इज्जत हासिल गर्न नसके पनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने र नघटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गोर्खे खुकुरीवालाहरुको धेरै ठुलो इज्जत छ । त्यही हासिल गर्न नसकौला तर धेरै परिवर्तन नगरे पनि, थप विकास नगरे पनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने, पुरानो ठाँउबाट तल नघटाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’

उहाँले सरकारले नियम र विधिअनुसार नियमन गर्ने हिसाबले गम्भीर छलफलका साथ अहिलेको मन्त्रिपरिषद्ले टिकटकलाई खोलेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...