सरकारी निकायहरुबीच तालमेल नहुँदा विकासमा बाधा पुग्यो : राज्यमन्त्री तामाङ

14

काठमाडौँ, २१ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङले सरकार एक आपसमा बाझेर (क्षेत्राधिकार र कानुन विवाद) देश विकास हुन नदिएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारमा आएपछि सरकारका निकायहरु एक आपसमा बाझेर देश विकास हुन नसकेको कुरा अनुभव गर्न पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘म जति दिन मन्त्रालयमा बस्छु त्यति दिन काम गर्ने छु । दिन पनि गनेर बसेको छु । सरकार सरकार बाझेर यो देश विकास हुन दिएको छैन । दुई चारवटा सरकार बाझिदा पनि देश विकास नभएको सरकारमा आएपछि बुझेँ । हाइड्रोपावरको सन्दर्भमा वनले फाइलहरु रोकेर राख्छ ।’

यस्तै, उहाँले दोलखा, रामेछापलगायत ७७ जिल्लाको हरेक गाउँमा बत्ती पुर्‍याउने काम गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘दोलखा, रामेछापलगायत ७७ जिल्लामा मेरो लक्ष्य के छ भने म मन्त्री हुने दिनसम्म एउटा गाउँ एउटा, दुईवटा मात्र घर रहेको भए पनि, खर्च धेरै लाग्ने रहेछ भने पनि, दुईवटा घरमा बत्ती बाल्ने काम गर्छु । त्यसो भयो भने गरिबले पनि बत्ती बाल्न पायो । सरकारले जनताको काम गर्नुपर्छ भन्ने लाग्छ । त्यही हिसाबले म मेरो जिम्मेवारी पूरा गर्छु ।’

उहाँले व्यापारीहरुले बत्तिको पैसा तिर्न सकेन मिनाहा गर्नुपर्छ भन्ने कुरा गलत भएको भन्दै सरकारले जसरी भएपनि त्यो पैसा उठाउनुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...