अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको छ : मन्त्री अधिकारी

13

काठमाडौँ, १९ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले अहिलेको वास्तबिक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति ऐनमा सुधार गरेर सहजीकरण र परिणाममुखी बनाउने सुझाव दिनुपर्ने ठाउँमा सहकारी जति सबै खराब हुन भन्ने गलत ट्रेन्ड चलिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले सहकारीप्रति विभिन्न किसिमका होहल्ला फिजाउने काम भएका छन् । कतिपय कुराहरु हामी नयाँ परिवर्तनमा आएका छौँ । ऐनमा यो कुरा मिलेन अहिलेको वास्तबिक आधारमा सहकारी सञ्चालन गर्नका निम्ति यो कुरा ऐनमा मिलेन, सुधारेर जानुपर्‍यो भन्नुपर्‍यो । तर, ती कुराहरुलाई सुझावको रुपमा सहजीकरणको रुपमा र परिणाममुखी बनाउने रुपमा भन्दा सहकारी भनेको सबै खराब हुन भन्ने ट्रेन्ड चलिरहेको छ ।’

उहाँले सरकारले सहकारीका समस्या समाधान गर्नका लागि सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले सहकारीका समस्या समाधान गर्नका लागि अहिले देखिएका सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेका छौँ ।’

उहाँले काम गर्न खोज्दा खोज्दै पनि सीमित श्रोत र साधनको कारण काममा ढिलाई हुने गरेको गुनासो समेत गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...