ऐनका लागि तयार दफाहरु सबैलाई जानकारी हुनुपर्छ : सोबिता गौतम

284

काठमाडौँ, १७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरु समितिका सदस्यहरुलाई थाहा हुनुपर्ने बताउनुभएको छ ।

सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले दफाहरु बुँदामा टेकेपछि समिति सदस्यहरुलाई थाहा हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुनजुन कुरामा प्रत्यायोजित विधायनको मस्यौदा गरेका छौँ त्यो सदस्यहरुलाई थाहा हुनुपर्‍यो । थाहा गराउने व्यवस्था छ कि छैन ?’

साथै उहाँले प्रत्यायोजित विधायनमा रहेका शुल्कका कुराहरु र कार्यविधिका कुराहरु चित्त नबुझे सुझाव दिने ठाउँ हुनुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...