मिटरब्याज पीडितहरुका समस्या चाँडो समाधान गरौँ : ठाकुर गैरे [भिडिओ]

29

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसद्‌मा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गर्नुभएको छ ।

आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले पीडितहरुको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको भए पनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभामा मिटर ब्याज पीडितहरुका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रिया अन्तरक्रिया, त्यसका लागि थुप्रै समितिहरु निर्माणदेखि लिएर एउटा प्रक्रियामा हामी गयौं, तर पनि समस्या चाहिँ विभिन्न रुपले यथावत छ ।’

साथै उहाँले मिटर ब्याज पीडितहरुको समस्या चाँडो समाधान गर्नुपर्ने बताउनुभयो । जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यक्ता रहेको उहाँको भनाइ छ ।

यस्तै, उहाँले बैंकिङ कसुरमा कारबाहीमा परेका व्यक्तिहरुले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘चेक अनादर हुँदा अर्थात् बैंकिङ कसुरसम्बन्धी घटना भइसकेपछि त्यो अवस्थामा एउटा व्यक्तिको चेक अनादर भयो अर्थात् बैंकिङ कसुर प्रक्रियामा गयो अर्थात् पृष्टि भयो भने त्यसपछि पनि ति व्यक्तिहरुले अर्को बैंकबाट र अरु ठाउँबाट ऋण लिन पाइराख्ने त्यसको चाहिँ कारोबार गर्न पाइराख्ने अहिलेको विद्यमान जुन स्थिति छ त्यसमा हामीले टाइट हुनुपर्‍यो ।’

Share This:
सम्बन्धित खबर
Loading...