देशको परिस्थिति हाम्रो आँखाले देखेको जस्तो सामान्य छैन : राजेन्द्र लिङ्देन

47

काठमाडौँ, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको परिस्थिति आँखाले देखेकोजस्तो सामान्य नरहेको उल्लेख गर्नुभएको छ ।

शुक्रबार बसेको राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशको अवस्था आँधी आउनु अगाडिको सन्नटा जस्तो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देश हेर्दा सबै ठिकठाकै चलेको जस्तो देखिन्छ । शान्त छ, कुनै आन्दोलन छैन, नारा जुलुस छैन, समान्य आँखाले हेर्ने हो भने ठिकै चलेको छ जस्तो देखिन्छ । तर, देशको परिस्थिति आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन । यो आँधी आउनु अगाडिको सन्नटा जस्तो हो ।’

साथै उहाँले राप्रपा बलियो बनेर सत्तामा उभिनुपर्ने बताउनुभयो । यतिबेला राप्रपाले प्रतिपक्ष दायित्व पूरा नगरे देश दीर्घकालीन निराशाको खाडलमा जाने बताउनुभयो ।

उहाँले भने, ‘एमाले, कांग्रेस र माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ । तर, यस बीचमा देशको अवस्था के छ ? र सत्ताको कुन प्रकारले दुरुपयोग भयो भन्ने कुरामा साक्षी छौँ । अहिले देश एउटा यस्तो बिन्दुमा पुगेको छ कि अब पनि राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो शक्ति बलियो बनेर नआउने हो भने र यसले आफ्नो प्रतिपक्ष दायित्व पूरा नगर्ने हो भने जनतालाई एउटा अभिभावकत्व प्रदान नगर्ने हो भने देश दीर्घकालीन निराशाको खाडलमा जान्छ । र त्यसले जुनसुकै किसिमको अराजकता निम्त्याँउन सक्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...