मनिष झाको प्रश्न- कतै सेटिङमा जहाज ग्राउन्डेड गराइएको त होइन ?

42

काठमाडौँ, १३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘दैनिक रुपमा पाँच करोड बढी नोक्सानी व्यहोरेको छ । कतै यो चाडपर्व आइरहेको समयमा, कतै अन्तर्राष्ट्रिय अन्य कम्पनीहरुले सञ्चालितहरूलाई पैसा र नाफा दिनका लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्‍याएको त होइन ?’

साथै जाँचका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भनेर प्रश्न गर्नुभयो । उहाँले राजनीतिक प्रलोभनका कारण दैनिक पाँच करोड घाटा भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...