एमाले सचिवालय बैठक बस्दै

20

काठमाडौँ, १३ भदौ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी छलफल हुने बताइएको छ ।

यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेन्डा तय गरेको थियो ।

पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको सो बैठकमा तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए ।

Share This:
सम्बन्धित खबर
Loading...