काठमाडौँ, १२ भदौ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम भदौ २४ गतेदेखि लागु हुने गरी नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति गर्नुभएको हो ।
सिग्देल हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएको छ ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य.नं. १६१४ बलाधिकृत रथी श्री अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०८१/५/२४ गतेबाट लागु हुनेगरी नियुक्ति गर्नुभएको छ ।’