देशको आवश्यकताका आधारमा संविधान संशोधन हुन्छ, यसमा सबैले आँट गर्नुपर्छ : प्रधानमन्त्री ओली

52

काठमाडौँ, ६ भदौ । प्रधानमनत्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय एउटाको आँट अर्कोले हेर्ने विषय नभएको भन्दै सबै मिलेर आँट गर्नुपर्ने बताउनुभयो ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले संविधानमा संशोधनको कुरा ८ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने बताउनुभयो । उहाँले संविधान संशोधनको आँट सबै मिलेर गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘संविधानमा संशोधनको कुरा गर्दा ८ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने हो । त्यसमा सरकारको मात्रै होइन, सम्मानीत संसद्को पनि आँट चाहिन्छ । एउटाको आँट अर्कोले हेर्ने विषय होइन, सबै मिलेर आँट गर्ने विषय हो ।’

विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जान नदिने र पूर्ण सदुपयोग गर्ने सरकारले नीति अबलम्वन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जिल्ला सदरमुकाममा हालका दिनमा प्रदेशको उपस्थितिले समेत गर्दा थप बजार क्षेत्रको रुपमा विकास भइरहेका छन् । विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जान नदिन र पूर्ण सदुपयोग गर्ने नीति सरकारले अवलम्वन गर्नेछ ।’

सरकारले वित्त नीति र मौद्रिक नीतिमार्फत् निजी क्षेत्रको मनोबल बढाउने, सम्पन्न भएका आयोजनाहरुका भुक्तानी दिनुपर्ने लगायतका कार्ययोजना बनाइ काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...