छ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

26

काठमाडौँ, ३ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक शेरब ग्याल्मो भन्ने सोनाम गुरुङ रहेको सिआइबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

गुरुङलाई सिआइबीको टोलीले काठमाडौँ महानगरपालिका ६ तिनचुलीस्थित डेराबाटै आइतबार पक्राउ गरेको हो ।

सिआइबीले सोनाम गुरुङको डेराबाट एक किलोका अवैध ६ थान सुन र नगद ४८ लाख रुपैयाँ समेत बरामद गरेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...