सहिदहरूले देखाएको बाटोमा सरकार प्रयत्नशील : प्रधानमन्त्री प्रचण्ड

17

काठमाडौँ, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सहिदहरूले देखाएको बाटोमा हिँड्न प्रयत्नशील रहेको बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रममा उहाँले सबै क्रान्तिकारी सहिदहरूप्रति सम्मान व्यक्त गर्नुभयो ।

सहिद खड्काको विषयमा बोल्दै प्रधानमन्त्री दाहालले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताउनुभयो । ‘सहिद रितबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको शहादतबाट हामीलाई र देशलाई समेत अपूरणीय क्षति भएको छ ।’

सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले उनीप्रति देश र पार्टीले सधैँ सम्मान प्रकट गर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...