राप्रपा नेपालको महाधिवेशन आगामी फागुनमा हुने

20

काठमाडौँ, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि हुने भएको छ ।

फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनको मिति यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तय गरेको हो ।

सो बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ समेत पारित गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...