‘तीनै तहका सकारले वित्तीय अनुशासन कायम गर्न सकेनन्’

29

काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका सांसद जीवन परियार तीनवटै तहको सरकारले वित्तीय अनुसाशन कायम गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गतको मन्त्रालयगत छलफलमा सहभागी हुँदै सांसद परियारले तीनै तहको सरकारले वित्तीय अनुसाशन कायम गर्न नसक्दा पुँजीगत खर्च गर्न नसकिएको बताउनुभयो ।

एउटै शीर्षकमा खर्च गर्न सकिने बजेटलाई विभिन्न शीर्षक बनाएर खर्च बढाउँदै लैजाने गरियो भने त्यो रकमको सही ठाउँमा सदुपयोग गर्न नसकिने परियारको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘एउटै शिर्षकबाट खर्च गर्न सकिने बजेटहरु विभिन्न मन्त्रालयबाट विभिन्न शीर्षकहरु बनाएर खर्चहरु बढाउँदै जाने, रकम वृद्धि गर्दै जाने र त्यो रकमको पनि सही सदुपयोग नहुने विगतदेखिको परम्परा छ । त्यसैले कानुन मन्त्रालयको सन्दर्भमा बजेटको उपशिर्षक २१(१४२)मा पदाधिकारी, अन्य सुविधा भनेर शीर्षक राखिएको छ । यसका अलवा पदाधिकारीका अन्य सुविधा, पदाधिकारकिो बैठक, पदाधिकारीको भत्तालगायतका शीर्षकमा रकमहरु क्रमशः प्रत्येक वर्ष बढाउँदै लगिएको छ । यसै वर्ष पनि क्रमशः एक लाख, सोह्र लाख, सत्र लाख गरि पटक पटक रकम वृद्धि हुँदै गएको छ । त्यसैले रकम घटाएर वा शीर्षकहरुको रकम घटाएर एक रुपैयाँ कायम गरियोस् भन्ने औपचारिक प्रस्ताव पेस गर्न चाहान्छु ।’

Share This:
सम्बन्धित खबर
Loading...