‘नेपाल छिमेकी देशसँगमात्र निर्भर हुनु दुर्भाग्यपूर्ण’

13

काठमाडौँ, २९ जेठ । राष्ट्रवादी केन्द्र नेपालका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापा (सागर)ले नेपाल छिमेकी राष्ट्रमा निर्भर भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले नेपाल विदेशी उत्पादनमा निर्भर भएको भन्दै यस्तो अवस्थाको अन्त्यका लागि देशभित्रै उत्पादनको वातावरण बनाएर उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज हामी छिमेकी राष्ट्रमा यति निर्भर भइसकेका छौँ, बाहिरबाट कपडा नआए लगाउने लुगा हुँदैन । खाद्यन्न नआए खानलाई केही हुँदैन । हाम्रो घरेलु उत्पादनलाई बढाउने हो भने यस्तो अवस्थाबाट मुक्त हुन सक्छौँ । साथै हामीले देशभित्रै उत्पादनको वातावरण बनाएर उत्पादन वृद्धि गर्नुपर्छ ।’

यस्तै, नेपालमा राजनीतिक दल र व्यवस्था फेल भएको भन्दै त्यसको परिणाम स्वरुप नेपालका युवाहरु देशमा भविष्य नदेखेर विदेशिएको उहाँको भनाइ छ ।

उहाँले गिरीबन्धु टी स्टेट जग्गा प्रकरणको सन्दर्भमा पनि कुरा उठाउँदै सरकारले यसका बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...