ज्ञानेन्द्र शाहीको प्रश्न- गृहमन्त्रीको खुट्टा किन काँपेको ?

21

काठमाडौँ, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले सत्तापक्षमा पुगेपछि बोली फेरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा उहाँले प्रतिपक्षमा बस्दा मुटु दरो पार्नुपर्छ भनेर भन्ने रवि लामिछानेले आज आफ्नै खुट्टा कमाएको जस्तो देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यही कुर्सीमा बसेर गृहमन्त्रीले भन्नुभएको थियो, जजसको नाम आएको छ, छानबिन गरौँ गृहमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो । हरेकको नाम आएको छ किन को मान्छेसँग डराएको सोधपुछ गर्न पनि गृहमन्त्री र प्रधानमन्त्री डराउने यहाँ छानबिन गर्नुपर्‍यो भनेर पनि भन्नुभएको थियो । म भन्न चाहन्छु सहकारी पीडितहरुको आज सडकमा बास भएको छ । नेपाली जनतालाई मार्न पाउने अधिकार कसैसँग पनि छैन । गृहमन्त्रीलाई उहाँले बोलेको कुरा फिर्ता गर्छु डराएको हो, मुटु कमाएको हो । छानबिन समिति अब आवश्यक देखिन्छ ।’

उहाँले सदनमा आम जनताको बारेमा बहस गर्ने वातावरण नभएको भन्दै संसद् संसद् जस्तो नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज संसद संसद जस्तो भएको छैन । यो कुर्सी गजबको कुरा रहेछ, दायाँतर्फ बस्दा मान्छेको चरित्र एउटा बायाँ बस्दा अर्को, हामीले फरक चरित्र निमार्ण गरिरहेका छौँ संसदबाट तर आज अहिलेसम्म पनि संसद्का गतिविधिले गर्दा नेपाल सरकार रसियामा अलपत्र परेका मानिसलाई उद्धार गर्न सकेको छैन ।’

Share This:
सम्बन्धित खबर
Loading...