काठमाडौँ, १३ जेठ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरेर लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण गरेको भन्दै सरकारको नीति तथा कार्यक्रमको विरोध गर्नुभयो ।
उहाँले भन्नुभयो,‘सहकारी ठगी गरेर यत्रो मूलक नै बर्वाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिरहेका छ । यो लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण हो । त्यसैले सत्ताधारीको यो नीति तथा कार्यक्रमा पनि समर्थन गर्दैनौँ विरोध गर्दछौँ ।’