बुद्धका सन्देश पालना गरे राष्ट्रिय एकतामा बल पुग्छ : राष्ट्रपति पौडेल

5

काठमाडौँ, १० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धका प्ररेणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा नेपाली समाजमा आपसी सद्‌भाव र राष्ट्रिय एकतामा बल पुग्ने बताउनुभएको छ ।

उहाँले शान्तिका प्रतीककारुपमा विश्वभर सम्मान गरिने बुद्धको जन्मभूमि नेपाल हुनु नै नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो ।

बिहीबार २५६८औँ बुद्ध जयन्तीका सन्दर्भमा शुभकामना सन्देशमार्फत् उहाँले भन्नुभएको छ, ‘शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो । उहाँका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’

राष्ट्रपति पौडेलले बुद्ध जयन्तीका अवसरमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न समेत आह्वान गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...