काठमाडौँ, २७ वैशाख । नेपाल प्रहरीले एकैपटक धेरै संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जना इन्सपेक्टरहरूलाई प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवा गर्ने निणर्य गर्नुभएको हो ।
सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् भने जेठ महिनादेखि सबैले तलब र सेवा सुविधा पाउने उल्लेख छ ।
519 police (1)