पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड ५८ लाख बढी जरिबाना

6

काठमाडौँ, २६ वैशाख । नेसनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ ।

मंगलबार विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलास शर्माले ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ हजार जरिवाना असुल गर्ने फैसला सुनाउनुभएको हो ।

पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा गत वैशाख ७ गते नै दोषि ठहरिएका पौडेललाई मंगलबार जरिवाना सुनाइएको हो ।

पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । यस प्रकरणमा नेपाल सरकारका सचिव मधुकुमार मरासिनीले भने सफाइ पाइसक्नुभएको छ ।

पौडेलसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

पौडेलले प्रमाण नष्ट गर्न सक्ने ठहरसित त्यसबेलै उहाँलाई अदालतले थुनामा पठाएको थियो । उहाँलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...