प्रहरी २३ जना कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

28

काठमाडौँ, १३ चैत । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको हो ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...