गजुरी बस दुर्घटना : एक महिलासहित ७ जनाको मृत्यु [अपडेट]

68

काठमाडौँ, २३ फागुन । कपिलबस्तुबाट काठमाडौँ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-५, घाटबेँसीमा त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वी राजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बिहान पौने पाँच बजे नदीमा खसेको थियो । बसमा ५१ जनाभन्दा बढी यात्रु सवार थिए । उनीहरुमध्ये ७ जनाको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा ३७ जनाको उद्धार गरिएको छ भने अझै खोजी कार्य चलिरहेको छ । उद्धार गरिएकामध्ये ३० जनाभन्दा बढी घाइते छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइँदैछ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार कार्य जारी छ । बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटनामा सामान्य घाइते चालक भने प्रहरीको नियन्त्रणमा छन् ।

यो पनि हेर्नुस्

त्रिशूलीमा बस खस्यो : ५ को मृत्यु, ३७ घाइते

Share This:
सम्बन्धित खबर
Loading...