त्रिशूलीमा बस खस्यो : ५ को मृत्यु, ३७ घाइते

44

काठमाडौँ, २३ फागुन । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् । बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९ जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकहरुको पहिचान खुलेको छ । चालक पनि घाइते छन् । बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका(५ घाटबेशीमा गति अनियन्त्रित भइ बस त्रिशूलीमा खसेको थियो ।

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरुको उद्धार गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...