स्रोत नखुलेको रकमसहित पक्राउ

19

धुलिखेल, २० मङ्सिर । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेको गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।

ठुलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन २३५.९ ग्राम, एक हजार ९०१.२६ ग्राम चाँदी, नेपाली रूपैयाँ ५ लाख ७६ हजार र भारू २२ हजार बरामद गरिएको हो । निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...