माल्टा पठाइदिन्छु भनी ६ लाख ठगी गर्ने महिला पक्राउ

62

काठमाडौँ, १६ मंसिर । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ६ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–९ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका–१३ बाफल बस्ने २९ वर्षीया लक्ष्मी श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका लक्ष्मी श्रेष्ठले कुलमान कुमाललगायत २ जनालाई वैदेशिक रोजगारीका लागि मल्टा पठाइदिने, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक एक लाख तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी जम्मा ६ लाख ८ हजार रूपैयाँ रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा शुक्रबार बिहान काठमाडौँ–१३ बाफलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...