पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

24

काठमाडौँ, ११ मंसिर । पोर्चुगल पठाइदिन्छु भन्दै १ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भइ हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ बस्ने ४४ वर्षीय राज कुमार तामाङ पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साेमबार दिउँसो गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।

उनले लंक बहादुर शाहीलाई पोर्चुगल पठाइदिन्छु भन्दै १ लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...