कञ्चनपुरमा जुवा खेल्ने ४२ जना पक्राउ

30

महेन्द्रनगर, २८ कात्तिक । कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

सोमबार राति २ बजे विशेष सुराकीका आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी ३ लाख ५ हजारभन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिए ।

जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट २ लाख ५८ हजार नगद बरामद गरिएको छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट २५ हजार नगद र ताससहित ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए । यस्तै, बेलौरीबाट २२ हजार नगदसहित ८ जनालाई नियन्त्रणमा लिइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...