जुवा खेलिरहेका १७ जना पक्राउ

23

काठमाडौँ, २८ कात्तिक । जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठुलो संख्यामा जुवा खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज ४ लाख तथा कौडा र ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगानाका अनुसार साँखु प्रहरी प्रभागबाट खटिएको टोलीले संखरापुर नगरपालिका–१ नाङ्लेभारेको दुई ठाउँबाट १७ जनालाई नियन्त्रणमा लिइ कारबाही अघि बढाइएको छ ।

उनीहरूको साथबाट एक लाख १७ हजार नगद बरामद भएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...