इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख ठगी गरेको आरोपमा पक्राउ

22

काठमाडौँ, २४ कात्तिक । इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख १३ हजार रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

गोरखा पृथ्वीनारायण नगरपालिका–६ घर भइ काठमाडौँ तार्केश्वर नगरपालिका–१ बस्ने ३५ वर्षीय राजेश श्रेष्ठ पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

रोजगारीका लागि इस्टोनिया पठाइदिने भन्दै पैसा लिइसकेपछि फरार भएकाले उनीविरूद्ध जनक बरालसहित ५ जनाले उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...