सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

24

काठमाडौँ, २३ कात्तिक । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरूपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौँमा बस्ने ३६ वर्षीय मनोट ‘मानव’ भन्ने मनोज कुमार महतो रहेका छन् ।

प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृष्यको दुरूपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ ।

महतोलाई विद्युतीय कारोबार ऐन अनुसार कसुरमा काठमाडौँबाट पक्राउ गरी जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...