पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ

35

काठमाडौँ, २२ कात्तिक । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख रकम लिइ ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भइ हाल काठमाडौँ नागार्जुना नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी कर्माचार्यले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी जम्मा ३८ लाख रूपैयाँ रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको हो ।

काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...