नक्कली नेपाली नोटसहित ६ जना भारतीय पक्राउ

31

झापा, १७ कात्तिक । झापा गाउँपालिका–१ सितापुरीबाट नक्लकी नेपाली नोटसहित ६ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत किसनगञ्जथानाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पुर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेका छन् ।

भारतीय नम्बरको २ वटा मोटरसाइकलमा नेपाल आएका उनीहरुलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट १ हजार दरको ३ थान नेपाली नक्कली नोट बरामद भएको थियो ।

नक्कली नोट फेला परेसँगै अन्य ५ जनाको समेत संग्लग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएकाले उनीहरुलाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...